|

दैलेख : लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबण्डा टुंगीएको छ।

जिल्लामा भागबण्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबण्डा मिलाएको हो।

एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले दैलेखमा गठबन्धनले भागबन्डा टुंग्याएकाे उल्लेख गरेका छन्।

उनले दैलेखका ११ स्थानीय तह मध्ये समाजवादीले तीन स्थानीय तहमा प्रमुख, कांग्रेसले छ स्थानीय तहमा प्रमुख र माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख पाएको उल्लेख गरेका छन्। 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गरी चार दलहरूले गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गरेका थिए।

सोही निर्णय अनुसार जिल्लाका ११ वटा स्थानीय तहमा गठबन्धनले भागबण्डा टुङ्ग्याएको हो।

दैलेखमा जनता समाजवादी पार्टीको भने खासै प्रभाव छैन।

जसपाको प्रभाव नभए पछि दैलेखका चार दलहरूले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए।

कुन स्थानीय तह कसको भागमा

नारायण नगरपालिका : मेयर नेपाली कांग्रेस, उपमेयर एकीकृत समाजवादी

चामुण्डा विन्द्रासैनी नगरपालिका : मेयर एकीकृत समाजवादी, उपमेयर नेपाली कांग्रेस

दुल्लु नगरपालिका : मेयर नेपाली कांग्रेस, उपमेयर माओवादी केन्द्र

आठविस नगरपालिका : मेयर नेपाली कांग्रेस, उपमेयर माओवादी केन्द्र

भैरवी गाउँपालिका : अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष नेपाली कांग्रेस

भगवतीमाई गाउँपालिका : अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष नेपाली कांग्रेस

गुराँस गाउँपालिका : अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

नौमूले गाउँपालिका : अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

डुंगेश्वर गाउँपालिका : अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी

ठाटिकाँध गाउँपालिका : अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष नेपाली कांग्रेस

महाबु गाउँपालिका : अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.