|

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदी र पाँच दलीय गठबन्धनका तर्फबाट रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्। 

एमालेले भरतपुर महानगरमा राप्रपासँग चुनावी तालमेल गरेको छ। महानगरको उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवारी दिएकी छन्। 

यस्तै, गठबन्धनको तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। 

पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्‍यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताए। 

मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय परिसरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.