|

काठमाडौं : नारायण वाग्लेद्वारा लिखित उपन्यास पल्पसा क्याफे अहिले नाटकको रूपमा मञ्चन भइरहेको छ। विमल सुवेदीको निर्देशनमा तयार भएर वैशाख ९ देखि मञ्चन सुरु भएको नाटक लगातार हाउसफुल चलिरहेको छ।

नाटकमा पल्पसाको भूमिकामा सृष्टि श्रेष्ठ देखिएकी छन् भने दृश्य भूमिकामा निर्देशक सुवेदी स्वयं देखिएका छन्। त्यस्तै नाटकमा संगीता थापा, दिपेश राई, श्रवण सिंह राना, जेनी सुनुवार, बच्चु हिमांशु, चक्र पुलामी, ङिमा शेर्पा, पूर्णिमा आचार्य, सरगम राई लगायतका कलाकारको अभिनय रहेको छ। नाटकलाई सुरज सुवेदीले नाट्य रुपान्तरण गरेका हुन् भने दिलिप रानाभाटले नाटकमा सह निर्देशकको भूमिका निर्वाह गरेका छन्।

गत वर्ष नै मञ्चन गर्ने तयारीमा रहेको नाटक कोरोनाका कारण रोकिएको थियो। पहिले पल्पसाको भूमिकामा स्वस्तिमा खड्का देखिने पक्का भइसकेको थियो। तर, स्वस्तिमाको समय तालिका नमिलेका कारण उनको ठाउँमा सृष्टि आएकी हुन्। थियटर भिलेजको प्रस्तुतीमा बनेको नाटक ९ देखि सुरु भएको छ।  नाटक वैशाख २५ गतेसम्म  मण्डला थियटरमा मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.