|

काठमाडौं : बहुप्रतिक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा'को पहिलो गीत सार्वजनिक भएको छ। अमिताभ भट्टाचार्यको शब्द, प्रितमको संगीत तथा मोहन कन्ननको स्वर रहेको कहानी बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो। 

'लाल सिंह चड्ढा'मार्फत आमिर चार वर्षपछि पर्दामा देखिँदै छन्। यसअघि २०१८ मा प्रदर्शनमा आएको 'ठग्स अफ हिन्दुस्तान' पछि उनी कुनै पनि फिल्ममा देखिएका थिएनन्। ठूलो बजेटमा बनेको उक्त फिल्मले लगानीसमेत उठाउन सकेको थिएन। 

आमिरको पुनरागमन गर्न लागेको फिल्म भएकाले र कालजयी हलिउड फिल्म 'फरेस्ट गम्म'को हिन्दी रिमेक भएकाले पनि 'लाल सिंह चड्ढा'लाई बहुप्रतिक्षित फिल्मको रूपमा हेरिएको छ। फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका छन्। 

सन १९९४ मा प्रदर्शनमा आएको 'फरेस्ट गम्प' व्यवसायिक तथा समीक्षात्मक रूपमा पनि अब्बल सिनेमा मानिन्छ। फरेस्ट गम्पले त्यो वर्षको ओस्कारमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता लगायतका ६ विधामा अवार्ड हात पारेको थियो। रोबर्ट जिमिक्सको निर्देशनमा बनेको फिल्ममा टोम ह्यांक्स केन्द्रीय भूमिकामा देखिएका थिए। 

सन १९८६ मा प्रकाशित विन्स्टन ग्रुमको सोही नामको उपन्यासमा आधारित रहेर फिल्म बनाइएको थियो। करोडौँ दर्शकको सबैभन्दा मनपर्ने फिल्म रहेको फरेस्ट गम्मको हिन्दी रिमेक कस्तो बनेको छ र मिस्टर पर्फेक्सनिस्टको नामले चिनिने आमिर खानले फिल्ममा कस्तो अभिनय गरेका छन् भन्ने जिज्ञासा धेरेमा छ। 

यसअघि डिसेम्बरमै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। पछि अप्रिल १४ मा सारिएको फिल्म 'केजिएफ च्याप्टर २' सँग मिति जुधेपछि फेरि सर्नुपरेको थियो। आगामी अगस्ट ११ देखि फिल्मलाई विश्व व्यापी रुपमा रिलिज गर्ने तयारीमा निर्माण टोली रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.