|

धनकुटा : धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ। धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५/८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए। उक्त नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। 

धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नक्कली नोटको विषयमा अनुसन्धान गरिने बताए। उनले भने, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सूक्ष्मरूपमा अध्ययन र छानबिन हुनेछ।’ धनकुटामा यसअघि पनि नक्कली रुपैयाँ भेटिएको थियो। निर्वाचनका वेला धनकुटामा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.