|

काठमाडौं : धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ। तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाउँ पनि छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ। 

सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ। 

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन्। लामो बिदामा टाढा घुम्न जाने संस्कृती विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन्। 

यिनै खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारले खिचेको प्रतिनिधि तस्वीर आजको फोटो फिचरमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.