|
फोटो : नेपाली सेनाको फेसबुक पेजबाट

काठमाडौं : नेपाली सेनाले नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुंगो व्यवस्थापन गरेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले हल्लाएर बस्ती जोखिममा परेपछि सेनाले २० हजार घन मिटरको ढुंगो ब्लाष्टिङ्ग गरेर फुटाई व्यवस्थापन गरेको हो।

नेगी बस्तीमा ४७ घरपरिवार र एक आधारभूत विद्यालय रहेको छ। नुवाकोट जिल्ला विपद व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई) बाट खटिएको जनशक्तिले गत बिहीबार ढुङ्गा व्यवस्थापन सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ। सेनाले ब्लास्टिङ कार्य २०७८ साल फाल्गुण १४ गतेबाट शुरु गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.