|

काठमाडाैं : वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन भएकाे छ।

टीयू मैदान कीर्तिपुरमा शनिबारबाट तय भएको नेपाल र जिम्बाबे बीचको एकदिवसीय खेल वर्षाले प्रभावित भएसँगै नेपाल क्रिकेट संघ क्यानले खेल तालिका नै परिवर्तन गरेको हाे।

अब पहिले तीन टी-२० अभ्यास खेल हुनेछन् भने त्यसपछि एकदिवसीय खेल हुने छ।

जिम्बाबे विरुद्धको यो अभ्यासलाई जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारीका रुपमा रहने छ। यो सिरिजले आईसीसीको मान्यता नपाएकाले अभ्यासका रुपमा मात्रै लिएको छ।

टी-२० का लागि घोषित नेपाली टीम

सन्दीप लामिछाने (कप्तान),  आसिफ शेख (विकेटकिपर),  रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी,  आरिफ शेख, आदिल अन्सारी,  करण केसी,  सोमपाल कामी,  कुशल भूर्तेल,  अविनाश बोहरा,  सागर ढकाल,  साहब आलम,  किशोर महतो,  विवेक यादव,  बसिर अहमद,  लोकेश बम र भीम सार्की।

नेपाल र जिम्बाबे ए बीचको खेल तालिका

वैशाख १८: पहिलो टी-२० दिउँसो १ बजे

वैशाख १९: दोस्रो टी-२० दिउँसो १ बजे

वैशाख २१: तेस्रो टी-२० दिउँसो १ बजे

वैशाख २३: पहिलो एकदिवसीय,  विहान ९:३० बजे

वैशाख २४: दोस्रो एकदिवसीय, विहान ९:३० बजे

वैशाख २६: तेस्रो एकदिवसीय, विहान ९:३० बजे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.