|

काठमाडौं : नेपाल प्रहरीमा महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्ध परेको रिटको पेशी पर्सि (बुधबार) का लागि तोकिएको छ। सर्वोच्च अदालतमा केही बेरअघि दर्ता भएको रिटमा २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

सरकारले धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गरेपछि निर्णय बदरको मागसहित एआइजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए। वरिष्ठता र ज्येष्ठता मिचेर आइजिपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चसँग अन्तरिम आदेश मागेका छन्।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पोखरेलभन्दा १६ महिना जुनियर एआइजी सिंहलाई आइजिपी बनाउने निर्णय गरेको थियो। महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले आज गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.