|

काठमाडौं : बाँकेको साप्तीसोनारी गाउँपालिका-२ मा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रकमा सवार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय विजय सोनी रहेका छन्। गम्भीर घाइते भएका सोनीलाई उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

घाइते भएका ट्रकचालक र परिचालक मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किएका बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए। दाङबाट ग्यास बोकेर कैलालीतर्फ जाँदै गरेको रा १ क ८८६ नम्बरको ट्रक सोमबार बिहान अनियन्त्रित भइ पल्टिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.