|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जना संक्रमित भेटिएका हुन्।

मन्त्रालयको विवरणअनुसार पछिल्लो एक हप्ताको अवधिमा आज सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। शनिबार २० जना र आइतबार ९ जना संक्रमित भेटिएका थिए।

यस्तै आज २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २१७ जना संक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ६१ जना रहेका छन्। देशभर एकजना संक्रमित आइसियुमा उपचाररत छन्। हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.