|

काठमाडौं : मोरङको बेलबारी नगरपालिकामा प्रमुख पदका उम्मेदवारको गाडीमा आगजनी भएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नगर प्रमुखका उम्मेदवार खेमप्रसाद गौतमको बेलबारी–२ स्थित घरमै पार्किङ गरि राखिएको गाडीमा गएराति पौने २ बजे आगजनी भएको हो। आगजनीबाट गौतमले प्रचार प्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए। 

सिसिटिभी फुटेजमा एक व्यक्तिले आएर गाडीको अगाडी र पछाडी केही छर्किएर आगो लगाएको देखिएको धमलाले जानकारी दिए।  

आगो लगाउनेवित्तिकै छिमेकीले देखेर तत्काल निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक धमलाको भनाइ छ। उनका अनुसार सिसिटिभी फुटेजका आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.