|

बैतडी : बैतडीमा वैशाख २६ गतेदेखि मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाइने भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार शुक्रबार बसेको सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मत परिणाम नआउँदा सम्म मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय  गरेको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २६ गतेदेखि मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय भएको हो।

मदिराका कारण विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णय विपरीत काम गरेको पाइएमा कानून अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिको  सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.