|

 

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनभित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरू उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताए। उनले गठबन्धनलाई कमजोर पार्नु देश र प्रजातन्त्रलाई अस्थिरतालाई धकेल्नु भएको दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि आरोप लगाए।

उनले भने, ‘केपी ओलीलाई निमित्त नायक बनाएर यो मुलुकलाई अस्थिरताको भुमरीतिर धकेलिएको छ। उहाँले यो मुलुकको सुशासनमाथि प्रहार गर्नुभयो र मुलुकलाई अस्तव्यस्त गराउनु भएको छ।’

नेता पौडेलले प्रतिगामी शक्तिविरुद्ध प्रगतिशील शक्ति एक हुनुपर्ने बताए। उनले संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै बदलिदो व्यवस्था अनुसार आफूलाई परिवर्तन गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे। वर्तमान गठबन्धन नेपालको संविधानले नै माग गरेको उनको भनाइ थियो।

उनले भने, ‘अहिलेको संविधानलाई भत्काएर लोकतन्त्रलाई अलगथलग पारेर यो मुलुकमा अस्तव्यस्त गराउन हिजोका प्रतिगामी शक्तिहरू एक ठाउँमा जम्मा हुँदै छन्। त्यो प्रतिगामीको गठबन्धन हो भनेर मैले सधैँ भन्ने गरेको छु। आज त्यसैको विचको यो द्वन्द्व हो। यो प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एकजुट भएर यो मुलुकलाई जोगाउनु पर्छ। यो अहिलेको संविधानको अपेक्षा हो, संविधानको माग हो यो गठबन्धन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.