काठमाडौं : थाहाखबरले साताको अन्तिम दिन शनिबार साताभरको गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक कार्यक्रमका तस्वीर अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।
काममा ध्यान : मजदुर दिवसको दिन समेत आफ्नो काममा मस्त एक मजदुर
चुनावी चटारो : कामनपाका एमालेका मेयरका उम्मेदवार केशव स्थापित
बमको हल्ला : त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बमको हल्ला चलेसँगै सुरक्षा चेकजाच गर्दै सुरक्षाकर्मी
मत्स्येन्द्रनाथको रथयात्रा सुरु : उपत्यकाकै लामो जात्रा, रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ।
गठबन्धन: काठमाडौ महानगर पालिकाका गठबन्धन का उम्मेदवार एक चुनावी सभामा अभिवादन गर्दै।
काम काम काम : शान्तिबाटिकामा काङ्ग्रेस सहितका गठबन्धन दलको चुनावी सभा चलिरहेको बेला उक्त स्थान नजिकै बाट आफ्नो सामान गन्तव्यमा पुर्याउन व्यस्त मजदूर।
बालेन क्रेज : काठमाडौ महानगरमा अहिले चुनावी चर्चा चुलिए सँगै स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको चर्चा पनि उतिकै छ। बालेनको घरदैलो कार्यक्रम।
धर्म र संस्कार : इस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद उल फित्र’को अवसरमा मङ्गलबार विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गर्दै।
गाउँ गाउँमा चुनावी माहोल : सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा मतपत्र हेलिकोप्टरबाट ढुवानी हुँदै।
सेल्फी : सुर्खेत वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर। आर्कषक गुलमोहरको रुखमुनि तस्बिर, सेल्फी लिने र टिकटक बनाउनेहरूको भीड लाग्ने गरेको छ।
ग्यासको हाहाकार : व्यासनगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्याँस लिन लामवद्ध सर्वसाधारण।
तपाईंको ईमेल गोप्य राखिनेछ ।