|

कोलम्बो : श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा तयारी गरिरहेको जनाइएको छ। देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिँरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतहरूले जनाएका छन्।

राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजपाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामा दिन अत्यधिक दबाब परेको छ।

आन्दोलनकारीले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन्। उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै जाने देखेर उनले राजीनामा दिने तयारी गरिरहेको जनाइएको छ।

आन्दोलन चर्किदै गएको र सङ्कटकाल लागू भएको परिप्रेक्ष्यमा आगामी कदमबारे छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो। छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजपाक्षे राजीनामा दिन सहमत भएको जनाइएको छ।

देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महँगी र अभाव बढेको थियो। महँगी र अभावबाट आक्रोशित जनताले आन्दोलन शुरु गरेका थिए। आन्दोलनपछि सरकारले त्यति वेला पनि सङ्कटकाल लगाएको थियो। आन्दोलनकारीले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए।

प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सृजना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.