|

काठमाडौं :  निर्वाचन आयोगले स्थानीय निर्वाचनअघि दुई दिन मतदाता शिक्षा दिने भएको छ। मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन लागेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिएर पठाउने छ। निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्थाका कारण मतदाता शिक्षा दिन सजिलो भएको हो। 

’पहिले मतदान गर्दै आएका मतदातालाई विभिन्न राजनीतिक दलले घरदैलो अभियानमै धेरै कुरा सिकाएका छन्। नयाँलाई परिचयपत्रसँगै मतदानका लागि शिक्षा दिने काम हुँदैछ’, अर्यालले भने, ‘अरुले धेरै कुरा जानेकै हुन्छन्, तर पनि मतदाता शिक्षासम्बन्धी अधिकारीले आफू खटेको ठाउँमा शिक्षा दिइरहनु भएको छ।’

स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.