|

जनकपुरधाम : मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पैसा बाँडेको आरोप लगाउँदै हुलहुज्जत र आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई उद्धार गरेको छ।

२ दिनदेखि जनकपुरधाम आएका अन्सारीले सीताशरण टोलमा बसेर मतदातालाई प्रभावित गर्न पैसा बाँडेको आरोप लगाउँदै एमालेका उम्मेदवार शिवशंकर साहका समर्थकले होटल घेराउ गरी हुलहुज्जत गर्न खोजेपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी काठमाडौँ पठाएको छ।

अन्सारी बिहीबार जनकपुरबाट ११:५५ बजे काठमाडौँ जाने कार्यक्रम रहेको थियो। १० बजेदेखि नै उनीहरूले होटल घेराउ गरी विरोध गरिरहेका थिए।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी  नायब  उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एमाले उम्मेदवारका समर्थकहरूले होटल घेराउ गरेपछि तत्काल अध्यक्षलाई उद्धार गरेको बताएका हुन् ।

अन्सारीले आज बिहान एमालेका सांसदहरूसँग होटलमा भेटघाट गरी सँगै खाना खाएका थिए। त्यहाँबाट नै पैसा बाँडेको हल्ला चलेपछि एमालेका समर्थकहरू होटेल घेराउ गर्न पुगेका थिए। 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार  झूटो हल्ला फैलाएको आरोपमा प्रहरीले एमालेका जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.