|

काठमाडौं: निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ ।

भट्टराईले मतदानका क्रममा मत संकेत गरेको फोटो सार्वजनिक गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगका  सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिए। भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ ।  पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले समय दिएको छ ।

कानून अनुसार मत संकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैंया जरिवाना गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार किन कारबाही नगर्ने भनेर आयोगले सोधेको छ ।

 ’यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो ? यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानु भयो ?,’ आयोगले भट्टराईलाई सोधेको छ ।

 स्थानीय तह निर्वाचन अन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.