|

दैलेख : नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका-१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका छन्।

राना ७ सय ८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लोकबहादुर डाँगीलाई २ सय ५७ मतले पराजित गरेका हुन्।

एमालेका डाँगीले ५ सय २४ मतमा सीमित भएका छन्।

उक्त वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन रहेको थियो।

गठबन्धनका उम्मेदवारसँग एमाले पराजित भएको हो। वडामा वडाध्यक्ष रानासहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.