|

काठमाडौं : लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ।

गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।

वेम्बली स्टेडियममा खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा लिभरपुलले बाजी मार्यो।

लिभरपुलले आठौं पटक एफए कपको उपाधि जितेको होर चेल्सी भने लगातार तेस्रो सिजन फाइनलमा पराजित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.