|

काठमाडाैं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रभावशाली जित निकालेको छ। लियोनेल मेसी र केलियन एमबाप्पेले शानदार प्रदर्शन गर्दा लिग वानमा पीएसजीले मोन्टपेलिएरलाई ४-० ले पराजित गरेकाे हाे।

जारी सिजन लिग वान च्याम्पियन बनिसकेको पीएसजीले मोन्टपेलिएरलाई उसकै मैदानमा सुरुवातबाटै दबाब राख्दै ४ गोल गर्न सफल भयो। पिएसजिका लागि मेसीले दुई गोल गर्दा केलियन एमबाप्पेले दुई असिस्टसँगै १ गोल गरे। एक गोल एन्जल डि मारियाको नाममा रह्यो।

खेलमा छैटौँ मिनेटमा नै एम्बाप्पेको पासमा मेसीको गोलबाट पीएसजीले अग्रता लिएको थियो। २०औँ मिनेटमा एमबाप्पेकै पासमा मेसीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। २६औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेपछि पीएसजी पहिलो हाफमा नै ३-० को सहज अवस्थामा पुगेको थियो।

६०औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिइसकेका एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको फराकिलो जित निश्चित गरे। जितसँगै च्याम्पियन बनिसकेको
पीएसजीको ३७ खेलबाट ८३ अंक बनाएको छ। पीएसजीले दोस्रो स्थानको मोनाकोलाई १५ अंकले पछि पारेको छ। पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.