|

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले राखेको अग्रता कायमै छ। शनिबारदेखि मतगणना शुरु भएकोमा अहिलेसम्म ८ हजार ७०० गणना भएको छ। जसमा हमालले ३ हजार ८२९ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाएका छन्। उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ७६५, एमालेकी कन्दकला रानाले १ हजार ५४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १२२ मत पाएका छन्।

मतगणना शनिबार साढे १२  बजेदेखि सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.