|

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। 

आइतबार एमाले महासचिव शंकर पोखरेलले सरकार र गठबन्धनले निर्वाचनमा जसरी पनि जित्नको लागि धाँधली गरेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आपत्ति जनाएका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान)ले नेकपा एमाले अत्तालिएको हामीले पाएका छौँ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरूका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाउँहरूमा तालमेल सम्भव भएको उल्लेख गर्दै अन्य ठाउँहरूमा मित्रवत प्रतिस्पर्धा भएको उल्लेख गरेको छन्। 

राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको गठबन्धन बनेको बताएका छन्। 

‘यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ। यसलाई हामीले स्वाभाविक मानेका छौं’ विज्ञप्तिमा भनिएको छ, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको स्पष्ट पारेका छन्। 

सत्तारूढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको दाबी गरेका छन्। कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पु¥याउन कहीँकतै कमि नगरेको उल्लेख गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.