|

काठमाडौं : २९ औँ मदन–आश्रित स्मृति दिवस मंगलबार मनाइँदै छ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन जेठ ३ मदन–आश्रित स्मृति दिवस मनाइन्छ।

मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन–आश्रित स्मृति दिवस मनाउँदैछ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। कास्कीको पोखरामा तय भएको सभामा सम्बोधन गर्न जाँदै दुर्घटना भएको थियो। 

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए। २०६० सालमा लामाको पनि हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।

मदनपत्नी विद्या भण्डारी हाल नेपालको राष्ट्रपति छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.