|

जुम्ला :  जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा  निर्वाचित भएको छ।

स्थानीय तहको निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडा मध्ये पछिल्लो मत परिणाम अनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो।

चन्दननाथ नगरपालिका– ७ मा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन्। वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रत्यासी एमालेका कमलबहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए।

यस्तै हिमा गाउँपालिका –२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन्। उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रत्यासी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरी पराजय भोगेका हुन्।

सोही गाउँपालिका –७ वडाको वडाअध्यक्षमा समाजवादीका विक्रमबहादुर शाही निर्वाचित भएका छन्। उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रत्यासी माओवादीका विरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन्।

कनकासुन्दरी गाउँपालिका –७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन्। उनी २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भए। उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन्।

यस्तै गुठीचौर गाउँपालिका –२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रत्यासी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.