|

विराटनगर : १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो।

मुख्य निर्वाचन कार्यालयले  सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विराटनगरमा एमाले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडामा वडाअध्यक्ष जितेका छन्।

मंगलबार विहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका जितबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजन नेउपानेले १५९१ मत प्राप्त गरेका छन्।

यसैगरी विराटनगर २ नं. वडाको वडाअध्यक्षमा एमालेका कुमार पोखरेल निर्वाचित भएका छन्। उनले राप्रपाका उम्मेदवार पवन कुमार सुरनालाई पराजित गरेका हुन्। पोखरेलले १३३४ मत ल्याएर विजयी हुदा सुरनाले १२८३ मत पाए। निवर्तमान वडाअध्यक्ष समेत रहेका पोखरेलले अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि सुरनालाई जितेका थिए। २०७४ चुनावमा सुरना स्वतन्त्रबाट उठेका थिए। यसपटक राप्रपाबाट टिकट लिएर वडाअध्यक्षमा उठेका हुन्।

विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धव भुजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार हमर्जनले ६८५ मत ल्याएका छन्।

विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाअध्यक्षमा विजयी भए। जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए।

कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि पारेका हुन्। आलम जसपा परित्याग गरि स्थानिय तहको निर्वाचन अगाडी मात्र काँग्रेसमा प्रवेश गरेका थिए। उनी निवर्तमान वडाअध्यक्ष पनि हुन्। अघिल्लो स्थानिय तहको निर्वाचनमा आलमले विराटनगर १५ को वडाअध्यक्ष जितेका थिए।

विराटनगर १९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत पाए। विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन्। ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन्।

जसपाले टिकट नदिएपछि साहले स्वतन्त्रता ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए। जसपका उम्मेदवार दिनेश कुमार यादवलाई ६८ मतले पछि पार्दै साहले वडाअध्यक्षमा जितेका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६३८ मत ल्याएका छन्। १८ मा स्वतन्त्रबाट थप दुइ जना विजयी भएका छन्।

 स्वतन्त्रता गौरव मण्डल र ढुरीया यादव विजयी भएका छन्।  अहिले  ३,४, ५,१३,१४, र १५ नम्बरको वडाको मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.