|

दोलखा : कालिञ्चोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गएराति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुन शिवाकोटी र उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी निर्वाचित भएका हुन्।

एमालेका गणेश शिवाकोटीलाई एक हजार ११३ मतको फराकिलो अन्तरले पछि पार्दै अर्जुन विजयी भएका हुन्। अर्जुनले ५ हजार ७८६ मत प्राप्त गरे भने  गणेशले चार हजार ६७३ मत प्राप्त गरे। 

त्यसैगरी उपाध्यक्ष बुढाथोकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीलाई ७४७ मतान्तरले पराजित गरेका हुन्। बुढाथोकीले पाँच हजार ७१८ मत प्राप्त गरेका छन्। थामीले भने चार हजार ९७१ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.