|

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। 

यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो। एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन। उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गरेकी छिन्। चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याएकी छन्। पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं. १, ४ र ५ मा कांग्रेस तथा वडा नं‍. २ र ३ मा एमाले विजयी भएको छ। २३ हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.