|

सर्लाही : लालबन्दी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेस लालबन्दीको प्रमुख र उपप्रमुखमा विजयी भएको हो। 

कांग्रेसका बासुदेव अधिकारीले निकटतम प्रतिद्वन्द्वी  एमालेका गोविन्द महतलाई एक हजार ६७८ मतान्तरले हराएका हुन्। अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरे। महतले सात हजार ८८३ मत ल्याए। 

उपप्रमुखतर्फ कांग्रेसकै कल्पना पाख्रिनले एमालेकी सनसरिमाया थिङलाई ६९१ मतान्तरले पराजित गरिन्। पाख्रिनले आठ हजार ८५० मत प्राप्त गर्दा थिङले आठ हजार १५९ मत ल्याइन् । 

लालबन्दीका १७ वडामध्ये नेपाली कांग्रेस ७, माओवादी केन्द्र ६, एमाले ३ स्थानमा विजयी भएका छन्। एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

वडा नं. १ मा स्वतन्त्र उम्मेदवार, ३, ४, ५, ७, ९, १० र १३ मा कांग्रेस तथा वडा नं. २, ८, १२, १५, १६ र १७ मा माओवादी केन्द्र विजयी भए। यस्तै ६, ११ र १४ मा एमालेका उम्मेदवारले जीत हासिल गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.