|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि प्रश्न उठाएको छ। अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि एमालेले प्रश्न उठाएको हो। 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अर्थमन्त्रीज्यू उपस्थित हुनुहुन्न। कुनै मन्त्रीज्यूहरूले टिपोट गर्नुभएको छैन। अर्थमन्त्रीज्यूले न बाहिर कतै बसेर टिपोट गर्नुभएको छ कि? होइन भने अर्थमन्त्री नभई यहाँको छलफलको जवाफ कसरी दिनुहुन्छ? यो मिलेन जस्ताे लाग्यो।’

त्यसो त कांग्रेसका सांसदले मीनेन्द्र रिजालले पनि अर्थमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका छन्। अर्थमन्त्रीले पेश गरेको विधेयकमाथि छलफल गर्दा अर्थमन्त्री नै अनुपस्थित भएको भन्दै आलोचनासमेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.