|

काभ्रे : जिल्लाकाे राेशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईबा ‘ज्वाला’ निर्वाचित भएका छन्।

लामाले ६ हजार ४५३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले देवसागर लामाले ५ हजार ३८३ मत पाए। जुन कांग्रेसका लामाले पाएको मतभन्दा १ हजार ७० मत कम हो।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित वाईबाले ५ हजार ५३२ मत ल्याए। उनको प्रतिस्पर्धी एमालेकी बबिता बोहरा (क्षेत्री)ले ५ हजार २७ मत पाएकी छिन्। जुन वाईबाले पाएको भन्दा ५०५ मत कम हो।

अध्यक्षमा निर्वाचित लामा काभ्रे कांग्रेसका संघीय क्षेत्र नम्बर १ को सभापति हुन् भने उपाध्यक्ष वाईबा माओवादी केन्द्रको बागमती प्रदेश सचिवलय सदस्य तथा काभ्रेको सह–इन्चार्ज हुन्।

त्यस्तै, वाईबा पूर्व तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका बटालिएन कमिसारसमेत हुन्।

अध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुमार  सिं लामाले ४८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार लोकनाथ गौतमले २६ मत पाएका छन्। त्यस्तै उपाध्यक्षका उम्मेदवार राप्रपाकी गिता कुमारी शाहीले ५७ मत पाएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.