|

झापा : झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ निवासी ५२ वर्षीय टंक काफ्ले रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको राम चोकमा सडक दक्षिणमा पार्किङ गरी राखिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल लैजानासाथ मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.