|

 काठमाडौं : सरकारले श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ९ अर्ब १३ करोड छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आइतबार सो बजेट विनियोजन गरेको हो। 

श्रम क्षेत्र व्यवस्थित गर्न अनलाइनको व्यवस्था गर्ने भएको छ। वैदेशिक रोजगारीमा गई समस्यामा गरेकालाई अनलाइनमार्फत सहयोग गर्ने र त्यसलाई व्यवस्थित गर्ने भएको छ। नयाँ गन्तव्य देशको खोजी गरिने पनि अर्थमन्त्री शर्माले उल्लेख गरेका छन्। वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गर्दै उद्योग स्थापन गर्ने भएको छ। 

उनले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र र शिक्षाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्रित हुने जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.