|

काठमाडौं : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
 

उनका अनुसार शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएकाे छ। प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको उनले जानकारी दिए।

त्यस्तै,सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.