|

बैतडी : सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि नेपालका तर्फबाट गर्नुपर्ने कामलाई अघि बढाउने बताए।

यो आयोजना भारत र नेपालको साझेदारीमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म खासै काम हुन सकेको छैन। ३१५ मिटरको बाँध बाँधेमा यो आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ। नेपाल र भारतबीच पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा यो आयोजना अन्योलमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.