|

बैतडी : बैतडीका चार सहित सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवर्धन गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवर्धन गरिने जनाएका हुन्। बैतडीका डिलासैनी, निङलासैनी, मेलौली र त्रिपुरासुन्दरी भगवती मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने बताइएको छ। यस्तै शैलेश्वरी, उग्रतारा, बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.