|

दैलेख : सरकारले कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९।८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्। अर्थमन्त्री शर्माले कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिञ्जा उपत्यकाको एकीकृत विकास योजना तयार गरी कार्यान्वयन गरिने बताए।

उच्च हिमाली तथा पहाडी क्षेत्रका पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। ती कार्यक्रमहरू सञ्चालनका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.