|

बैतडी : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भईसक्दा समेत जिल्लाका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । 

जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ।

विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको  केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए।  

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भने एक दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने जानकारी पाएको बताए।

बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक पर्ने बताइन्छ। जिल्लामा ५४० सामुदायिक विद्यालय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.