|

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको छ।

विभागले आज एक सूचना निकालेर आज बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने जानकारी दिएको हो।

अनुमति पत्र नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका अनलाईन आवेदनहरू आजदेखि रद्ध गरेको पनि विभागले जनाएको छ। साथै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को साताको सोमबार बाट खुला गरिने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.