|

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर बालेन साह र सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 

शपथग्रहण समारोहमा दौरा, सुरुवाल, कालो टोपी र कालो चस्मामा ठाँटिएर पुगेका बालेनसँगै उनकी पत्नी सबिना काफ्ले पनि सहभागी थिइन्।

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरे। त्यसपछि खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। 

साहले पहिला नेपालीमा शपथ लिए। त्यसपछि नेपाल (नेवारी) भाषामा पनि उनले शपथ लिए। त्यसपछि मेयर साहले उपमेयर सुनिता डंगोललाई शपथ गराए। बालेनले नेपालीमा शपथ पत्र पढे, सुनिताले त्यसलाई नेवारी भाषामा उल्था गरेर ग्रहण गरिन्।

त्यसपछि मेयर साहले वडाअध्यक्ष र सदस्यहरुलाई पनि पद तथा गोपनीयताको शपथ गराए। 

(हेर्नुहोस् केही तस्वीर)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.