|

काठमाडौं : बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा'को ट्रेलर सार्वजनिक भएको छ। विश्वप्रसिद्ध हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिंह चड्ढा'को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो। 

आमिर खानको मुख्य भूमिका रहेको फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन्। कमेडी ड्रामा जनरामा बनेको फिल्मको पटकथा अतुल कुलकर्णीले तयार पारेका हुन्। यसै फिल्ममार्फत आमिर ४ वर्षपछि पर्दामा देखिँदैछन्। 

फिल्मको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। बलिउड फिल्महरू लगातार असफल भइरहेका वेला 'लाल सिंह चड्ढा'ले उद्योगलाई नै नयाँ गति दिने विश्वास गरिएको छ। सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा अहिले पनि आमिरको ‘दंगल’ रहेको छ। 

सन् १९९४ मा ६ वटा ओस्कार अवार्ड जितेको 'फरेस्ट गम्प'लाई 'लाल सिंह चड्ढा'ले न्याय गर्नेमा धेरैले शंका पनि गरेका छन्। 'फरेस्ट गम्प' पनि सन् १९८६ मा सोही नाममा प्रकाशित विन्स्टन ग्रुमको उपन्यासमा आधारित फिल्म हो।

फिल्ममा आमिरबाहेक करिना कपूर खान, मोना सिंह, नागा चैतन्य लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.