|

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन्। 

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ती निकालेर प्रधानसेनापति शर्मा आगामी असार ४ देखि १० गतेसम्म लेबनान र सिरिया भ्रमणमा जाने जानकारी दिएको हो । 

शर्माले भ्रमणका क्रममा शान्ति सेना मिसनहरूको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने जनाएको छ । भ्रमण टोलीले सिरिया र लेबनानमा मिशनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि तथा फौज तैनाथीको जानकारी लिई शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ । 

उक्त भ्रमण लगत्तै महारथी शर्मा पुनः संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा आगामी असार १३ देखि १७ गतेसम्म अमेरिकाको भ्रमणमा जानेछन्। 

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको भ्रमणले नेपाली सेना र अमेरिकी सेना लगायत दुइ देशबीचको सम्बन्ध मैत्रीपूर्ण र प्रभावकारी बनाउन महत्वपूर्ण साबित हुने विश्वास सेनाले लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.