|

काठमाडौं : भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ (केके) को हृदयघातबाट निधन भएको छ। 

कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए। 

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्।

उनले २ सय भन्दाबढी हिन्दी गीत गाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.