‘बजेट निर्वाचनमा जनता झुलाउन ल्याएको ललिपपजस्तो मात्रै’

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्। अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरुलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। 

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गरे। 

‘आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ। यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरू के हुन ? कहीँ पनि स्पष्ट छैन। यो सदाझै बजेट अनुमान, यति आम्दानी हुन्छ होला’ उनले भने,  ‘यति अनुदान पाइन्छ होला, यति ऋण लिइन्छ होला त्यसको आधारमा चाँही बनाइएको छ। कति राम्रो कुरा छ कि–एकैघण्टामा चितवन पुग्ने। तर त्यसका आधार के हुन, स्रोत के हुन? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रुपमा मानिसहरुलाई भुल्याउने गरी मात्रै ल्याइएको छ।’ 

बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताए। 

उनले भने, ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखी बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो? भनेर टार्ने र जवाफ दिने खालको आउछ। यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद कुरा होईन। यो बजेटको जव हामीले कुरा गर्छौ अहिलेको बजेट इमान्दारीपूर्वक भन्नु पर्छ–कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन। देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिँदै गएको छ।’

मूल्यवृद्धि जनताको दैनिकी कष्टकर बन्दै गइरहेको बेलामा त्यसलाई रोक्नेतर्फ बजेट उन्मुख नभएको बताए। सरकारले ल्याएको बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको पनि बताए। उनले बजेटमा हेटौंडा कपडा उद्योग संचालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.