|
फाइल फोटो

काठमाडौं : वायु सेवा संचालक संघ नेपालले साना हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था पुनर्विचार गर्नुपर्ने बताएको छ।

नेपालमा संचालनमा रहेका एक इन्जिन हेलिकप्टरहरु उत्पादक कम्पनी र सम्वन्धित देशका नियामक निकायबाट एकल चालक संचालकको लागि स्वीकृत प्राप्त वायुयान रहेको जानकारी गराउँदै संघले नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न नसक्ने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको अनुमति लिएर मात्रै हवाई उडान भर्ने व्यवस्था पनि कार्यान्वयन गर्न समस्या हुने संघले जनाएको छ। सम्पूर्ण पूर्वाधारहरुको उपलब्धता नभई यस किसिमका निर्णयहरु कार्यान्वयन गर्न समस्या हुने संघका प्रवक्ता योगराज कंडेल शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

तारा एयरको बिमान दुर्घटना लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि मौसमसम्बन्धी निर्णय लिएर मात्रै बिमान उडाउनुपर्ने बाध्यात्मक कानुन ल्याएको छ । मौसमको प्रमुख अधिकार चालकलाई दिईएको भएपनि अबदेखि चालकमाथिको अधिकार खोसिएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.