|

काठमाडाैं : करुण थापा नेपाली गजल विधामा कोमल भावलाई बढी सम्प्रेषित गर्न रुचाउने सशक्त तथा अग्रणी स्रष्टाको रूपमा चिनिन्छन्।

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ !
टुक्रिएको फूल हूँ म बतासले चोट लाग्छ !!

उनैले कलमवद्ध गरेका र दशकौँदेखि हजारौँ पाठकद्वारा अति मन पराइएको गजल बतासले चोट लाग्छ रेकर्ड गरी त्यसको स्टुडियो भर्सन हालै म्युजिक सूत्र युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

नेपाली संगीतमा हजारौँ कर्णप्रिय धूनहरु सिर्जना गरी आफ्नो एउटा अलग्गै स्थान बनाउन सफल संगीतकार सचिन सिंहद्वारा संगीतवद्ध उक्त गजललाई मुम्बईकी प्रतिभाशाली गायिका नेहा करोडेले गाएकी छिन्। सचिन सिंह नेपाली संगीत जगतमा एक चीरपरिचित नाम हो।

१० वर्ष भारतीय शास्त्रीय संगीत सिकेकी नेहा दिल्लीमा जन्मे पनि हाल उनी मुम्बईमा कार्यरत छिन्। उनले हालै प्रख्यात निर्देशक अनुभव सिन्हाको चलचित्रमा ३ गीत गाएकी छिन्। यसका अलावा सोनू निगम, जुबिन नौटियाल, यश किङ्ग, देव नेगी, हरिश मोयाल, पवनदीप राजन आदिसँग पनि उनका गीत रिलिज भएका छन्। उनले मुम्बईका चर्चित संगीतकारहरुका गीतहरु पनि गाएकी छिन्।​

इण्डियन आइडल विजेता पवन दीप राजनसँग उनले धेरै नेपाली गीतहरू कभर गरेकी छिन् र केही संयुक्त गीतहरु निकालिसकेकी छिन्।  विभिन्न हिन्दी, पन्जाबी तथा अङ्ग्रेजी भाषाका गीतहरू रेकर्ड गराइसकेकी नेहा करोडेको बतासले चोट लाग्छ गजल भने नेपाली भाषामा रेकर्ड गरिएको पहिलो गजल हो।​

म्युजिक सूत्र युट्युब च्यानल, प्रवासबाट नेपाली गीत संगीतलाई माथि उकास्ने लक्ष्य लिएर संयुक्त राज्य अमेरिकाको भर्जिनियाबाट प्रारम्भ गरिएको यस च्यानलका प्रबन्धक बताउँछन्।

याे च्यानल विभिन्न विधाका गीतहरू समाविष्ट गरिएकाे एउटा विशुद्ध सांगीतिक च्यानल हुने र नेपाली भाषी दर्शकहरुले यसबाट भरपूर मनोरञ्जन लिने  कुरामा उनी विश्वस्त छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.