|

काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। 

बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ।​ युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।

स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।

युरोपबाट यसअघि १२ देश जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड छनोट भैसकेका छन्।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.