|

काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। 

संघीय संसद् सचिवालयका अनुसार संघीयता कार्यान्वयन सम्बन्धमा राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक र जितेन्द्रनारायण देव लगायतका सांसद समर्थक भइ दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुने भएको छ। 

यस्तै सांसद देवेन्द्र दाहाल प्रस्तावक र भैरव सुन्दर श्रेष्ठलगायतका सांसद समर्थक भई सूचना गरेको ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

राष्ट्रिय सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.