|

पाल्पा : पाल्पामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा तानसेन नगरपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले बताए।

मंगलबार राति ८ बजे तिनाउ गाउँपालिका–३ सिद्दबाबास्थित पावर हाउस नजिकै रहेको प्रतिक्षालयमा १९ वर्षीय ती किशोरीलाई बलात्कार गरेको उनले बताए। 
पीडितले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरिएको हो। जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

दुवैजना एकै ठाउँमा मजदूरी गर्दै आएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.